बुधबार, कार्तिक १२ गते २०८३

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

मंसिर १२, २०७९ सोमबार
सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै


सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ ।

उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.comमा   “Apply Loan up to 5 Lakhs against FD”    मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५% वा अधिकतम रु. ५००,००० मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ ५, मुद्दतीमा १२.१३३ ५, रेमिट्यान्स बचत खातामा १०.१३३ ५ र बचत खाताहरुमा ९.१३३ ५ सम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु छन् ।