बुधबार, कार्तिक १२ गते २०८३

 अटोमोबाइल व्यवसायीले माइतीघरमा गरे राष्ट्र बैंक र सरकारविरुद्ध आन्दोलन 

मंसिर २२, २०७९ बिहीबार
 अटोमोबाइल व्यवसायीले माइतीघरमा गरे राष्ट्र बैंक र सरकारविरुद्ध आन्दोलन 


नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको नेतृत्वमा आज माइतीघरमा सरकार र राष्ट्र बैंक विरुद्ध विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलन आयोजना गरिएको छ । 

 उनीहरुले बैंकहरुले ब्याजदर बढाएको विरोधमा अन्दोलन गरिरहेका छन्। आयात मार्जिनमा कडाई तथा जोखिम भारको विषय पनि परिमार्जन गर्नुपर्ने माग व्यवसायीले राखेका छन् । बैंकहरुले मात्र नाफा गरिरहेको र व्यवसाय भने समाप्त हुने अवस्था आएको व्यवसायीको आरोप छ ।  

राष्ट्र बैंकले  हायर पर्चेज कर्जाको सीमा ५० प्रतिशतमा झार्नुका साथै प्रतितपत्र मार्जिन रकम शतप्रतिशतसम्म पुर्‍याएको छ। यस्तै, कर्जाको जोखिमभार ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरिएको छ। यो परिमार्जन गर्नुपर्ने व्यवसायीको माग छ। विरोधमा रिकन्डिसन महासंघ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतको समर्थन रहेको छ। आयात प्रतिबन्धका  हालसम्म ५६ वटाभन्दा बढी शोरुम बन्द भएको व्यवसायीले जनाएका छन् ।