बुधबार, कार्तिक १२ गते २०८३

अनुसन्धानमा सहयोग गर्ने भन्दै एमालेले रायमाझीलाई गर्याे निलम्बन

बैशाख २७, २०८० बुधबार
अनुसन्धानमा सहयोग गर्ने भन्दै एमालेले रायमाझीलाई गर्याे निलम्बन


नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले केन्द्रिय कमिटिले एक वक्तव्य जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा सहयोग पुर्याउन भन्दै निलम्बन गरेको जनाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले उक्त प्रकरणमा अनुसन्धान र कानुनी कार्बाही प्रक्रियाको अन्तिम  टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी दिए ।

पक्राउ पूर्जी जारी हुनसाथ  रायमाझीलाई राज्यको अनुसन्धान निकायमा उपस्थिति  भई विधिवत रुपमा आफ्नो यर्थाथ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा उल्लेख छ। नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा जनाइएको छ ।