बुधबार, कार्तिक १२ गते २०८३

मन्त्रिपरिषद् निर्णयबाट रेशम चौधरीलाइ आममाफी, राष्ट्रपति समक्ष गरियाे सिफारिस

जेठ १४, २०८० आइतबार
मन्त्रिपरिषद् निर्णयबाट रेशम चौधरीलाइ आममाफी, राष्ट्रपति समक्ष गरियाे सिफारिस

 
गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना बन्दी छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहा सम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ ।

जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् । त्यसैगरी राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी श्री अनिता ढुंगानालाई नियुक्त गर्ने ,क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा माननीय अर्थमन्त्री डा। प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने र  सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने  रहेका छन्।

मध्य तमोर जलविद्युत आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने र लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो बन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने मन्त्रीपरिषदले निर्नय  गरेको छ।