बुधबार, कार्तिक १२ गते २०८३

ओबामालाई  भाजपाले  लगायो अपजश


आषाढ १४, २०८० बिहीबार
ओबामालाई  भाजपाले  लगायो अपजश

अमेरिकाका पूर्व राष्ट्रपति बाराक हुसेन ओबामाको कुराप्रति भारतीय सत्ताधारीहरु यति बेला रीस र रोष पोखिरहेका छन् । यद्यपि जस्तो किसिमको बैचारिक बिभाजनको तीखो सीमा रेखा यसमा बनाउने कोशिश गरिदैछ त्यसले गर्दा भारतकै एउटा समुदायले ओबामाको बयानलाई आधार बनाएर आफ्नै देशको सरकारलाई कठघरामा खडा गरिरहेको देखिँदैछ । हुन त  प्रत्यक्ष साक्षात्कारमा ओबामाले भारतीय प्रधानमन्त्री मोदीको प्रसंशै गरेका थिए । उनले भनेका थिए कि भारत एक अविश्वसनीयरुपले बहुलतावादी देश हो । उसले हरेक चुनाव लोकतन्त्रका लागि लड्छ र जित्छ । तर ओबामाले के पनि भनेका थिए भने भारतले यदि आफ्ना जातीय अल्पसंख्यकहरुलाई ध्यान दिन सकेन र तिनका गुनासाहरुलााई सम्बोधन गरेन त्यो भारत विश्रृंखलित हुन सक्छ । राष्ट्रपतिकोरुपमा प्रधानमन्त्री मोदी, सरकार र भारतलाई लिएर ओबामाको भूमिकालाई ध्यानमा राख्नेहरुले आश्चर्य पनि ब्यक्त गरिरहेका छन् । भारत– अमेरिका दुइ  पक्षीय सम्वन्ध मात्रै होइन, अनेक अन्तर्राष्ट्रिय मुद्दाहरु र जटील समस्याहरुलाई लिएर पनि मोदी र ओबामाका बीच सहज सम्वाद तथा आ–आफ्ना राष्ट्रिय हितहरुकै अनुरुप सहयोग देखिन्थ्यो । अहिलेको ओबामाको बयान भने त्यसभन्दा पृथक रह्यो । तर ज–जसले बर्तमान समयमा नरेन्द्र मोदी सरकारको समयमा आइरहेका परिवर्तनहरु तथा त्यसलाई लिएर भारत र बाहिर पनि चलेका चलाइएका दुष्प्रचारहरु र तिनका आधारमा भइरहेका प्रतिकृयाहरुमाथि दृष्टि दिएको होला तिनका लागि ओबामाको बयान त्यत्ति आश्चर्यको कारण होइन ।

बितेको केही समयदेखि अमेरिकामा डेमोक्रेटिक पार्टीका नेताहरु, सांसदहरु, बुद्धिजीवीहरु लगायत थिंक ट्यांकहरुद्वारा मोदी सरकार, हिन्दूत्व तथा हिन्दूहरुलाई लिएर गरिदै आएको कथित दुष्प्रचार कुनै लुकेछिपेको कुरा छैन । स्वयं अमेरिकी प्रतिबेदनहरुले यसलाई प्रमाणित गर्दछन् कि हिन्दूहरुका बिरुद्ध घृणाजन्य दुष्प्रचार तथा हिंसामा अप्रत्याशित बृद्धि पनि  भएको बताउँदछन्  । त्यसमा अमेरिकामा सक्रिय हिन्दू संगठनहरुको आय–ब्ययको छानबिनको पनि माग समेत गरिएको पाइन्छ । त्यस बारेमा थप के भइरहेको छ खोजीकै बिषय छ । भन्नुको मतलब के भने बाराक हुसेन ओबामाको कार्यकालमा भारतसँग राम्रै सम्वन्ध रहेको र बिभिन्न महत्वपूर्ण साझेदारीका कुरा पनि भारतसँग भएका हुन् । त्यसले पनि उनको पछिल्लो बयान एकथरी भारतीयहरुलाई निकै असहज पनि लाग्दो होला र अर्काथरी भारतीयहरु त्यस्तो होइन भन्ने गर्दछन् । उनीहरु भन्दछन् – साँच्चै भन्ने हो भने त प्रधानमन्त्री मोदीको अमेरिका यात्राका बेला डेमोक्रेटिक पार्टी, त्यहाँका बामपन्थी लिवरल थिंकट्यांकहरु, बुद्धिजीवीहरु, सञ्चारमाध्यमका पूरोधाहरु आदिका तर्फबाट भारतमा अल्पसंखयकहरुका धार्मिक अधिकारहरु तथा अभिब्यक्ति स्वतन्त्रता आदि कुरामाथि प्रश्न नउठाउँनाले नै आश्चर्य पैदा भइरहेको थियो । माहोल कस्तो बनाइएको थियो भने संघ र तिनसँग सम्वन्धित संगठनहरु त्था सरकारहरु अल्पसंख्यक बिरोधी नीतिहरुलाई पूरै प्रखरतापूर्बक लागु गरिदैछ । अमेरिकी बिदेश बिभागका धार्मिक स्वतन्त्रता सम्बन्धि बिश्व प्रतिबेदनमा अल्पसंख्यकहरुलाई लिएर भारतको निन्दा  गरिएको छ र भारतलाई चिन्ताजनक देशको सूचिमा पनि राखिएको छ । एउटा अर्को आयोगले त भारतमाथि कारबाहीसम्मको माग पनि गरेको थियो ।

प्रधानमन्त्री मोदीको यो भ्रमणभन्दा पहिला भारतीय राष्ट्रिय काँग्रेसका पूर्ब अध्यक्ष राहुल गान्धिको अमेरिका यात्राका बेला पनि त्यस्तै माहोल बनाउने कोशिश गरेको देखिन्थ्यो ।फेरि असुदुुद्दिन ओबेसीको पनि यात्रा भयो । ती दुबै यात्राको सार्बजनिक चर्चा पनि भएकै हो । यसका अतिरिक्त भारतका बिभिन्न सक्रियताबाादीहरु प्नि अमेरिका गए । राहुल गान्धिको यात्राका बेला पनि तिनीहरु उही थिए । त्यतिबेला राहुल गान्धिसँग भारतीय मूलका एक मुस्लिमले प्रश्न गर्दा उनले भनेका थिए कि केवल मुस्लिम मात्रै होइन दलित, आदिबाास्ी सबै समस्या झेलिरहेका छन् । हुन त मोदीको अमेरिका यात्राभन्दा केही दिन पहिला पनि पहिलो पटक अमेरिकी संसदभित्र अमेरिकी हिन्दूहरुको दुइ दिवसीय  सम्मेलन सम्पन्न भएको थियो । जसमा डेमोक्रेटिक तथा रिपब्लिकन दुबैथरी सांसदहरु र नेताहरु आएका थिए । उनीहरुले हिन्दूहरुको योगदानको प्रसंशा गर्दै तिनलाई रााजनीतिकरुपले पनि अगाडि बढ्न आह्वान गरेका थिए । त्यसमा पनि के दुष्प्रचार गरियो भन्ने एकथरी भारतीयहरुको भनाइ छ भने ती सारा संगठनहरु संघ(आरएसएस)सँग जोडिएका छन् । यद्यपि त्यो हिन्दूहरुको आयोजना सफल भएको मानिएको थियो । त्यहाँ सक्रिय हिन्दू संगठनहरुले भने कि हामीले अमेरिकाको हरेक क्षेत्रमा निष्ठापूर्बक योगदान दिएर यसको प्रगतिको बाहक बनिरहेका छौं । तर हामीले राजनीतिकरुपमा स्वयंलाई संगठित गरेर सत्तामा प्रभावी हुने काम गरेनौ र भारत बिरोधी दुष्प्रचारको समानान्तर त्यहाँ सही दिशामा प्रचार र प्रयाश भइरहेको छैन । त्यसो हुँदैनथ्यो भने जर्जियाको एसेम्बलीले हिन्दू र हिन्दूत्वको पक्षमा प्रस्ताव पारित गर्दै दुष्प्रचार गर्नेहरुका बिरुद्ध कारबाहीको निवेदन गर्ने थिएन । ह्वाइट हाउसदेखि लिएर कतिपय राज्यहरुका गभर्नहरुले हिन्दू चाड पर्वहरुलाई सरकारी स्तरमा  अपनाउन शुरु गरेको छ । दुष्प्रचार गर्नेहरुको सत्तामा प्रभाव तथा संसाधन यत्तिका प्रबल छ कि उनीहरु पटक पटक सफल हुन्छन्  ।

नियमानुसार आफ्ना देशका बिरुद्ध कुनै पनि बयानबाजी हुँदा आपसमा  एकता हुनु पर्दछ । सबै राजनीतिक दल, एनजीओ, एक्टिभिस्ट, सञ्चामाध्यम सबैले एकस्वरले प्रतिरोध गर्दा सन्देश स्पष्ट जान्छ । तर दुर्भाग्यबश संघ तथा भाजपासँग बैचारिक असहमति या मतभेद सीमाभन्दा  बाहिर पुगेर घृणाको चरम चुलीमा पुगिसकेको बताइन्छ । यस्ता बयानहरुलाई भारत बिरोधी मान्नुको साटो केवल सरकार बिरोधी मानिएको र त्यसैलाई आधार बनाएर हमला गर्ने गरिएको पनि बताइएको छ । यस्तो स्थितिमा दुष्प्रचारको सामना गर्न पनि कठिन छ भनिदैछ । त्यस्ता बिरोधीहरुको एउटा निकै ठूलो समूह भारत समेत बिश्वभरी नै यसका बिरुद्ध खडा भइसकेको उनीहरु उल्लेख गर्दछन् । उनीहरु ओबामाको बक्तब्यले पनि बताइसकेको छ  कि आउँदो समय बढी चूनौतिपूर्ण छ भनिरहेका छन्  । वास्तवमाा भारतीय सत्ताधारी पार्टी यसको असर आगामी बिधान सभा र  लोकसभा चुनावमाा पनि पर्ने कुराले बढी चिन्तित देखिन्छ।

यद्यपि भारत सम्बन्धि नीतिहरुमा अमेरिकाको जो बाइडेन  प्रशासन यी सबै कुराबाट अप्रभावित जस्तै रहेको देखिन्छ । बाइडेन र ओबामाको बिचारधारा पनि समानै छ । तर बाइडेनका सामुमा अमेरिकाका दूरगामी हितहरु छन् र भारत जस्तो बिश्वको सर्बाधिक जनसंख्या र तीब्र गतिले अघि बढ्ने सम्भावना भएको अर्थब्यवस्थासँग प्रगाढ सम्वन्ध र साझेदारीक बिना त्यसको पूर्ति सम्भव छैन । बाइडेनले भनेका पनि छन् कि भारत–अमेरिकाको डिएनएमा लोकतन्त्र छ ।

मिश्र जस्तो प्रमुख मुलिम देशमा पनि मोदीलाई सर्बोच्च नागरिक सम्मान प्रदान गरेकोमा भाजपा प्रफुल्ल छ र बिरोधीहरु निराश भएको बताउँदैछ । उनीहरु यसलाई काम गर्नेहरु सफल हुन्छन् र बिरोध मात्र गर्नेहरु निराश हुन्छन् भनेर पनि भजाउने चेष्टामा देखिन्छन् । तर यी सबै कुरा र मोदी यात्राको बर्णन जसरी गरिएको भए पनि भारत–अमेरिका सम्वन्ध सोचेजति सहज र सरल हुने कुरा अझै टाढै छ ।