बिहीबार , कार्तिक १३ गते २०८३

सदस्यलाई यातायात खर्च नबाँड्न सहकारी संस्थालाई नियामकको निर्देशन


आश्विन १५, २०८० सोमबार
सदस्यलाई यातायात खर्च नबाँड्न सहकारी संस्थालाई नियामकको निर्देशन

हेटौडा उपमहानगरपालिकाले सहकारी संघसंस्थाहरुलाई वार्षिक साधारण सभामा सदस्यलाई यातायात खर्चको नाममा रकम नबाँड्न भनेको छ।

उप–महानगर प्रमुख मिनाकुमारी लामाद्वारा जारी सूचनामा सहकारीहरुले साधारण सभामा लामो लाइन लगाएर यातायात खर्च बाँड्ने गरेको भन्दै उक्त कार्य नगर्न निर्देशन दिइएको छ। 

संघसंस्थाहरुको साधारण सभाको उपस्थिति स्वयमसेवक मार्फत ब्यवस्थित गर्न, सहकारीका सदस्यले सभामा उपस्थित सदस्यले कुर्सीमा बसेर अतिथिको धारणा सुन्न र आफ्ना धारणा राख्ने बातावरण बनाउन समेत भनिएको छ।

सभामा सदस्यहरु यातायात खर्च बुझ्नेमा मात्र झुम्मिने, संस्थाको अवस्थाका बारेमा बुझ्न र अतिथिको धारणा पनि सुन्न र संस्थाको प्रतिवेदनमाथि आफ्ना धारणा पनि नराख्ने प्रवृत्ति रहेकाे भन्दै पालिकाले सदस्यको वास्तविक सहभागिता सभामा गराउन सूचनामार्फत आव्हान गरेको छ। 

hetuda.jpg