बर्तमान बिश्वको सबैभन्दा त्रासद र घोर अमानबीय स्थिति गाजामाथि थोपरिएको नरसंहारकारी जाति हत्या हो । यसका अनेक पक्षहरु छन् । तीमध्ये सबैभन्दा प्रमुख पक्ष हो उपनिवेशबाद र रंगभेदमाथि आधारित राजनीतिक सत्ताद्वारा कमजोर पक्षमाथि गरिदै रहेको घोर अत्याचार ।यसैसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष धर्ममा आधारित सत्ता संघर्ष रहेको छ । यी दुबै पक्षको दुष्परिणाम भने प्यालेस्टिनी जनताले भोग्नु बेहोर्नु परिरहेको छ । यो अन्यायपूर्ण युद्धका बिरुद्ध पेलेस्टिनीहरुको बिद्रोही पक्ष हमासले जसरी गरिरहेको छ त्यो देखेर स्वयं इजरायली यहूदी नेता र सैन्य अधिकारीहरु पनि चकित परेका छन् स। उनीहरुलाई लागेको थिएन अत्यन्तै प्रतिकूल र बिपरीत परिस्थितिका बीच पनि हमासले निरन्तर यस्तो जुझारु प्रदर्शन गर्ला । वास्तवमा इजरायल र अमेरिका जस्ता शक्तिशाली देशका सामुमा हमासको प्रतिरोध यत्रो दिनसम्म टिक्ला भन्ने उनीहरुलाई लागेको पटक्कै थिएन लडाई यति लामो जाला भन्ने पनि निश्चित थिएन । गाजामा यसरी सक्रिय हमास संगठनको कुरा गर्दा मोटामोटीरुपमा त्यो सुन्नी धर्माबलम्बीहरुकै बाहुल्य भएको संगठन हो । भनिन्छ यो संघर्षका बेला सुन्नी धर्माबलम्बीहरुको खाशै समर्थन प्राप्त भइरहेको छैन ।
लेबनानमा हिजबुल्लाह, यमनमा हूती र इराकमा शिया सशस्त्र समूहरु नै मात्र इजरायलका बिरुद्ध मोर्चा खोलेको देखदै आएको छ । बिश्वब्यापीरुमै मानिसहरुले के अपेक्षा गरेको पाइन्थ्यो भने गाजामाथ थोपरिया नरसंहारको बभिषिकालाई देखेर इस्लामी बिश्वमा शिया–सुन्नी बिभाजनलाई भूलेर उनीहरुले एकजुटता प्रदर्शन गर्ने छन् । यसका अतिरिक्त अरब राष्ट्रबाद पुनर्जीवत हुने आशा पनि मानिसहरुले गरेका थिए । तर ती अपेक्षा र आशा फलिभूत हने संकेत देख्न नपाईएको बिश्लेषण अहिले गर्न थालएको छ । बिश्वमा सुन्नी बहुल देशहरुको संख्या शियाहरुको तुलनामा निकै नै बढी छ । तर उनीहरुले हमासको समर्थनमा कुनै ठोस कदम भने उठाएको पाइएको छैन । ती देशहरुले हमासलाई आर्थिक मद्दत र सैन्य सहयोग गर्न त कता हो कता मानबीय पीडामा परेका पेलेस्टिनी जनतालाई पर्याप्त मानबीय सहयाता उपलब्ध गराउन पनि असफल रहेको औंल्याइदैछ ।

हमासको समर्थनमा सबैभन्दा बढी र ठूलो स्वरमा बोलेको देखिएको तुर्कीएका राष्ट्रपति तैयब एर्दोगान थिए । उनले इजरायललाई आतंकबादी देश र त्यसका प्रधानमन्त्री बेञ्जामन नेतान्याूलार्य युद्ध अपराधी करार गरेका थए । त्यत्तिका कडारुपमा प्रस्तुत भएर पनि तुर्कीएले इजरयलाई तेल आपूर्ति जारी नै राखेको छ । त्यही तेलबाट इजरायलका सैन्य टे्रंकहरु चल्दछन् जुट सैन्य टेंकहरुले गाँजलाई सोत्तर बनाएर पेलिराखेका छन् । त्यसैगरी इजिप्ट, जोर्डन, साऊदी अरब, कतार र संयुक्त अरब इमिरेट्स जस्ता देशहरुले पनि इजरायलका बिरुद्ध बक्तब्यबाजी त निकै कडै गरेका छन् तर यथार्थ धरातलमा उत्रिएर उनीहरुले पनि गाजको समर्थनमा कुनै कदम अहिलेसम्म गठाएका छैनन् । कतिपय राजनीतिक समीक्षहरुले त के पनि भनिरहेका छन् भने यी देशका शासकहरु हमासको पराजय भएको देख्न चाहन्छन् । त्यसरी नै कतिपय अर्काथरी समीक्षकहरु के पनि भन्न थालेका छने भने इजरायल र अमेरिका समेत पश्चिमा देशहरु पुरानो शिया–सुन्नी बिभाजनलाई पुन हावा हम्किन थालेका छन् । केही दिन अघि मात्रै ईरानको करमान शहर इस्लामी स्टेटका आतंकबादीको हमलाले पनि यो तथ्यको उजागर गरेको भनेर औंल्याइदैछ । इस्लामिक स्टेटले संकटको यो घडिमा इरानलाई किन निशाना बनायो भन्ने प्रश्न पनि उठाइएको छ । यो एउटा बुझ्न नसकिने पक्ष भएको छ । इरान शिया बहुल देश हो । यसले इजरायलका बिरुद्ध प्रतिरोध गर्ने गरेका शक्तिहरुलाई राजनैतिक र नैतिक समर्थन गर्ने गरेको छ ।
हिजुल्लाह प्रमुख हसन नसरल्लाहले गाज संघर्षका क्रममा कयौं पटक इस्लामी जगतलाई सम्बोधन गरेका छन् । उनले ती आफ्ना सम्बोधनहरुमा पश्चिम एशियाका देशहरुर्ला सावधान गरेका छन् कि यति गाजामा इजरायल सफल भयो भने अर्को इजरायलको निशाना लेबनान हुनेछ । नसरुल्लाहको त्यो सम्बोधन कुनै उग्रबादी संगठनका प्रमुखको सम्बोधन होइन बरु कुनै अरब राष्ट्रबादी नेताको सम्बोधन जस्तो लाग्दछ । उनले पहिला पटक दुबै हात बाँधेर बसेका अरब देशका नेताहरुको पनि आलोचना गरे । उनले भनेका छन् कि पेलेस्टिन जनतलाई सहायता दिनुको साटो ती देशहरु इजरायलको सैन्य अभियानलाई मद्दत पुर्याउन थालेका. जस्तो देखिएका छन् । उनको यो संकेत स्पष्टतः साऊदी अरब, इजिप्ट र जोर्डन जस्ता देशहरुतर्फ रहको थियो जसले हुती बिद्रोहीहरुद्वारा इजरायललाई निशाना बनाउने प्रक्षेपास्त्र(मिसाइल)लाई रोकिराखेका छन् । त्यति मात्रै होइन, हुती बिद्रोहीसँग लड्नका लागि लाल सागरमा अमेरिकाको नेतृत्वमा बनाइएको जल सैनिक गठबन्धनमा कतिपय अरब देशहरु पनि सामेल रहेका छन् ।
वास्तवमा ध्यान दिनै पर्ने कुरा छ कि अहिलेसम्म त केवल एक ल्याटिन अमेरिकी देश बोलिभियाले मात्र इजरायलसँग आफ्नो रणनीतिक सम्बन्ध तोडेको छ । दक्षिण अफ्रिकाले युद्ध अपराधको बिषयलाई लिएर इजरायललाई अन्तर्राष्ट्रिय अपराध अदालतमा तानेको छ । यद्यपि त्यत्ति मात्रले इजरायललाई केही हुँदैन । जुन कामा बोलिभया र दक्षिण अफ्रिकाले गरेका छन् त्यो काम इस्लामिक र अरब देशहरुले गर्न सकेका छैन । किन गर्न सकेका छैनन् त्यो एउटा यक्ष प्रश्न खडा भएको छ । नसरुल्लाहले अब अगाडि के भन्ने हुन् त्यसले आगामी संघर्षको दिशा निर्धारित गर्ने ठानिदैछ । हिज्बुल्लाहको सैन्य शक्ति हमासकोभन्दा दश गुणा या अझ बढी मानिन्छ । उसले इजरायलाई हराइहाल्न नसके पनि उसलाई गम्भीर पाठ पढाउन सक्तछ भन्ने धेरैले औल्याइरहेका छन् ।