बुधबार, कार्तिक १२ गते २०८३

चीनियाँ पर्यटक बढाउन हवाइ तथा सडक यातायात विस्तार गर्नुपर्ने


जेठ २५, २०८१ शुक्रबार
चीनियाँ पर्यटक बढाउन हवाइ तथा सडक यातायात विस्तार गर्नुपर्ने

 

नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या हालको भन्दा दोब्बर हुन सक्ने बताइएको छ । होटल संघ नेपालले चीनमा आयोजना गरेको पर्यटन प्रवर्नधनसम्बन्धी एक कार्यक्रममा पर्यटन विस्तारका लागि चीन र नेपालबीच हवाई र सडक यातायात सेवा विस्तार गर्न आवश्यक रहेको औंल्याइएको हो । 

चीनस्थित नेपाली राजदूतावास, छेन्दुस्थित नेपाली महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपालबाट चीन भ्रमणमा गएको नेपाली होटेल प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीहरुबीच बेइजिंग र छेन्दुमा छुट्टा छुट्टै कार्यक्रम भएको होटल संघ नेपालले जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र छेन्दुस्थित महावाणिज्यदूत सुरेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमहरुमा नेपाल पर्यटन बोर्डबाट प्रस्तुतिकरणका साथै प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीहरुबीच बीटुबी बैठक भएको थियो ।

चीनमा २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र हालै संंसदमा प्रस्तुत नेपालको राष्ट्रिय बजेटमा छिमेकी मुलुकबाट पर्यटन प्रवर्धन गराउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको र लुम्बिनीलाई बर्थिंग हब र डेस्टिनेसन वेडिंगको रुपमा प्रवर्धन गर्ने क्रममा चीनमा आयोजित उपरोक्त कार्यक्रमको सान्दर्भिकता बढेको सहभागीहरुले बताएका छन् ।