बुधबार, कार्तिक १२ गते २०८३

सहकारी पीडित फेरि सडकमा, मुखमा कालो टेप लगाएर बनाए मानवसाङ्लो

श्रावण १७, २०८१ बिहीबार
सहकारी पीडित फेरि सडकमा, मुखमा कालो टेप लगाएर बनाए मानवसाङ्लो

 

सहकारी संस्थाबाट पीडित बनेका बचतकर्ताहरूले काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आव्हानमा भएको प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाए।  पछिल्लो पटक गत जेठ महिनामा सहकारी पीडितहरूको बचत फिर्ता गर्न आवश्यक कार्य गर्ने सहमति सरकारले गरेको थियो । 

समस्या समाधानमा सरकार संवेदनशील नभएको उनीहरुको आरोप छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ रु लगायतका नारा लगाइ मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।